सुनसरीको हरिनगरका ३५ परिवार विस्थापित

Newslaya Home

सुनसरीको हरिनगरका ३५ परिवार विस्थापित

शुक्रबार २७, असार २०७६

सुनसरी । निरन्तर वर्षाका कारण हरिनगर गाउपालिका–५ वसन्तपुरस्थित सुकसेना टोलका ३५ घरपरिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई प्रहरीले उद्धार गरेर स्थानीय विद्यालयमा सुरक्षित राखेको छ । केही दिन पहिले सो स्थानमा नयाँबाटो निर्माण गर्दा पानीको निकास नभएर बस्ती डुबानमा परेको बताइएको छ ।

भारी वर्षा जारी रहेकाले सो क्षेत्रमा थप उद्धारमा कठिनाइ हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए । गाउँपालिका अध्यक्ष एवं वडाध्यक्षहरुसँग समन्वय गरेर पानीलाई निकास दिने प्रयास गरिरहे पनि भारी वर्षाले कठिनाइ भएको उनले बताए ।