काठमाडौ जाँदै हुनुहुन्छ ? बाढीले समस्या गर्ला

Newslaya Home

काठमाडौ जाँदै हुनुहुन्छ ? बाढीले समस्या गर्ला

शुक्रबार २७, असार २०७६

इटहरी । बाढीका कारण पश्चिम नेपालको जनजीवन प्रभावित बनेको छ । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले सुनसरी, मोरंग, सप्तरी, सिरहा, रौतहट, बारा लगायतका जिल्लाको जनजीवन प्रभावित बनाएको छ ।

बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने रौतहटमा लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।

सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।

अन्य जिल्लाहरुमा पनि राजमार्गमै पानीको अत्याधिक बहावपछि यातायात सञ्चालनमा समस्या देखिएको छ ।