गर्धनमा बलले लागेर भारतीय युवा क्रिकेटरको मृत्यु

Newslaya Home

गर्धनमा बलले लागेर भारतीय युवा क्रिकेटरको मृत्यु

शुक्रबार २७, असार २०७६

काठमाण्डौ । खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए ।

बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो ।

११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला क्रिकेट क्लबका लागि खेल्थे ।