देशभर बाढीपहिरोका कारण ६ जनाको मृत्यु, ६ जना घाइते

Newslaya Home

देशभर बाढीपहिरोका कारण ६ जनाको मृत्यु, ६ जना घाइते

शुक्रबार २७, असार २०७६

काठमाडौं । केहि दिनदेखि लगातारको अविरल वर्षासँगै भएका विभिन्न घटनामा परेर देशभर ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा घर भई मुलपानी बस्दै आएका३५ वर्षीया शर्मिला यादव उनका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन्।

गृह मन्त्रायका अनुसार काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन्। घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल रहेको काभ्रेका एसपी जयराम सापकोटाले बताए।

ललितपुर र सिन्धुलीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पर्सामा डुबेर एक जनाको मृत्यु भएको छ।

खोटाङमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन्। उता, जनकपुर–महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

काठमाडौं, मोरङ, सुनसरी र पाँचथरमा पनि एकरएक जना बेपत्ता भएको समाचार प्राप्त भएको छ।

विभिन्न ठाउँमा ४ सय घरपरिवार विस्थापित भएका छन्।