ओखढुंगामा खोलाले बगाएर एकजनाको मृत्यु

Newslaya Home

ओखढुंगामा खोलाले बगाएर एकजनाको मृत्यु

शुक्रबार २७, असार २०७६

ओखलढुंगा । ओखलढुंगामा मोलुङ खोलाले बगाएर गम्भीर घाइते भएका एक जनाको शुक्रबार मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनकोसी गाउँपालिका वडा नम्बर ४ चिउरीबोटका ५५ वर्षीय कुमार राई रहेका छन् । उनी खोला तर्ने क्रममा बगेका थिए।

उनलाई खोलामा बग्दै गरेको देखेपछि स्थानीयले उपचार गर्न लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जनाइएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • शैलेश पराजुलीलेख्नुहुन्छ
  • |
  • शुक्रबार २७, असार २०७६ ०७:०५
यो समयमा सबैले होस गरौँ सचेत बनौँ।