ब्लुमिङ लिटल प्रिन्स एण्ड प्रिन्सेसको फाइनल शनिबार हुँदै, यस्तो छ तयारी (फोटोफिचरसहित)

Newslaya Home

ब्लुमिङ लिटल प्रिन्स एण्ड प्रिन्सेसको फाइनल शनिबार हुँदै, यस्तो छ तयारी (फोटोफिचरसहित)

शुक्रबार २७, असार २०७६

इटहरी । द बिहानी डान्स सेन्टरले आयोजना गरेको ब्लुमिङ लिटल प्रिन्स र प्रिन्सेसको फाइनल भोलि (शनिबार) इटहरीमा हुने भएको छ ।

साँझदेखि सुरु हुने फाइनल प्रतियोगितालाई विभिन्न चरणमा सम्पन्न गर्दै विजेता चयन गरिने आयोजक संस्थाका तुलसी घिमिरेले जानकारी दिए । प्रतियोगितामा ५२ बालबालिकाहरु सहभागि छन् ।

७ देखि ११ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको कार्यक्रम यसअघिको समर क्याम्पको निरन्तरता रहेको उनले जानकारी दिए । ‘सधैं गर्ने समर क्याम्पमा ब्युटि पेजेन्ट जोडेर नयाँ तरिकाले गरेका हौं,’ उनले भने, ‘कार्यक्रमअघि १० दिनको क्याम्पबाट बालबालिकाहरुले आफ्नो प्रतिभाको विकाससँगै विभिन्न आवश्यक विषयमा ज्ञान तथा सीप हाँसिल गरेका छन् ।’

लामो समयदेखि गीत, संगीत तथा कलाको क्षेत्रमा सक्रिय बिहानी डान्स सेन्टरले गरेको यो कार्यक्रमले सानै उमेरदेखि नै बालबालिकालाई व्यक्तित्व विकासका बारेमा जानकारी मिल्ने उनले बताए । १० दिनको समर क्याम्पमा बालबालिकाहरुलाई विभिन्न विषयमा जानकारी दिइएको थियो ।

हेरौं प्रतियोगिताको तयारीका विविध तस्वीरहरुः

Image may contain: 14 people, outdoor

 

Image may contain: 2 people, people sitting

Image may contain: 2 people, people sitting

Image may contain: 3 people, people sitting, people eating and indoor

Image may contain: 4 people, indoor

Image may contain: 3 people, indoor

Image may contain: 6 people, people smiling, people standing and outdoor