इटहरीको सुकुमारी खोलामा डुबेर बेपत्ता युवा मृत फेला

Newslaya Home

इटहरीको सुकुमारी खोलामा डुबेर बेपत्ता युवा मृत फेला

शनिबार २८, असार २०७६

इटहरी । तीन दिनअघि सुकुमारी खोलाले बगाएका एक युवा मृत फेला परेका छन् ।

इटहरी ५ सिमरवना भएर बग्ने सुकुमारी खोलामा उदयपुरका सागर थापा डुबेर हराएका थिए ।

स्थानीय ग्रील पसलमा काम गर्ने उनलाई माछा मार्ने क्रममा बाढीले बगाएको थियो । थापाको शव डुबेकै ठाउँ नजिकै फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले जानकारी दिएका छन् ।