पारस खड्काको शानदान प्रदर्शनसँगै नेपालले मलेसियालाई उसैको मैदानमा हरायो

Newslaya Home

पारस खड्काको शानदान प्रदर्शनसँगै नेपालले मलेसियालाई उसैको मैदानमा हरायो

शनिबार २८, असार २०७६

क्वालालम्पुर । मलेसियाविरुद्ध टी–ट्वीन्ट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले ७ विकेटको जित हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई उसैको मैदानमा हराएको हो ।

मलेसियाको किनरारा मैदानमा जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य नेपालले १८.२ ओभरमा विकेट ७ गुमाएर पूरा गर्यो ।

५० बलमा ८६ रन बनाएका उनले ८ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी सरद भेषवाकरले १६ रनको योगदान गरे । प्रदीप ऐरीले ८ ज्ञानेन्द्र मल्ले ७ रोहितकुमार पौडेलले ५ रन जोडे । मलेसियाका लागि मोहमद अनवारले नेपालको २ विकेट लिए ।

फित्री सामले १ विकेट लिए । नेपालका लागि करण केसीले मलेसियाको ३ विकेट लिए । सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । करणले अन्तिम ओभरमा ३ विकेट लिन सफल भए।

नेपालले यही जुलाई २० देखि सिंगापुरमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्दैछ । सोही प्रतियोगिता अगाडी अभ्यासका लागि नेपालले मलेसियासँग दुई २ टी–ट्वीन्ट प्रतियोगिता खेल्न लागेको हो । अर्को खेल नेपालले सोही मैदानमा आइतबार खेल्दैछ । यस प्रतियोगिता खेलेर नेपाल उतैबाट एसिया टी ट्वान्टी विश्वकप छनोट खेल्न सिंगापुर जानेछ ।