त्रियुगा नदीको बाँध फुट्यो, करिब दुई सय घर डुबानमा

Newslaya Home

त्रियुगा नदीको बाँध फुट्यो, करिब दुई सय घर डुबानमा

शनिबार २८, असार २०७६

सप्तरी । उदयपुर र सप्तरीको सीमामा पर्ने त्रियुगा नदीको बाँध फुटेको छ । उदयपुरतर्फको बाँध फुटेका कारण त्रियुगा नगरपालिका १– अम्बासीमा बाढी पस्दाँ करिब २०० घर डुबानमा परेका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा करिब २० घरमा बाढी पसेको छ। यी दुवै क्षेत्रका स्थानीयहरु सुरक्षित स्थानमा सरिसकेका छन् ।

उनीहरुले घरमा रहेका केही पनि सामान निकाल्न पाएका छैनन् । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारीले बाँध फुटेको जानकारी गराउँदै उद्धार कार्य सुरु गरिएको जनाएको छ ।