भप्सी खोलाको पुल भत्किएर बन्द भएको महेन्द्र राजमार्ग एकतर्फी सञ्चालनमा

Newslaya Home

भप्सी खोलाको पुल भत्किएर बन्द भएको महेन्द्र राजमार्ग एकतर्फी सञ्चालनमा

आइतबार २९, असार २०७६

काठमाडौं । महोत्तरीको भप्सी खोलाको पुल भत्किएर अवरुद्ध रहेको महेन्द्र राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

पानीको बहाव घटेपछि डाइभर्सनबाट एकतर्फी बाटो सञ्चालनमा आएको हो । वीपी राजमार्गको सिन्धुली गलनजोर गाउँपालिका र सुनकोशी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक पनि एकतर्फी सञ्चालनमा आएको छ । कुलेखानीमार्ग फाखेल लगायतका विभिन्न ठाउँका सडक पहिरोका कारण पूर्ण रुपमा बन्द भएका छन् ।

पाल्पाको सिद्धबाबामा पहिरो खसेपछि बन्द भएको सिद्धार्थ राजमार्ग भने आइतबार बिहानदेखि एकतर्फी सञ्चालन भएको छ । मध्यपहाडी लोकमार्गको खुर्कोट उदयपुर सडक पनि पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ ।