पाँचथरमा खोलाले बगाएर बेपत्ता भएका एक बालक मृत फेला

Newslaya Home

पाँचथरमा खोलाले बगाएर बेपत्ता भएका एक बालक मृत फेला

आइतबार २९, असार २०७६

पाँचथर । खोलाले बगाएर बेपत्ता भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–४, रविस्थित खेसङ्खोपाका लोकबहादुर राईका नौ बर्षीय छोरा दिवश राई आइतबार मृत फेला परेका छन् ।

शुक्रबार बिहान दाजुसँग स्कुल जाने क्रममा स्थानीय नुवाखोला तर्दा उनी बेपत्ता भएका थिए । सोही दिनदेखि उनको खोजीकार्य जारी रहेकोमा आइतबार उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ । दिवश रविस्थित होलिचाइल्ड इङ्लिस बोर्डिङ स्कुलमा कक्षा–४ मा अध्ययनरत थिए ।