Newslaya Home

राष्ट्रिय

  • ​महिला प्रहरीको प्रसुती बिदा बढ्यो

    न्यूजलय शुक्रबार ०४, माघ २०७५

    काठमाडौँ । महिला प्रहरीको प्रसुती बिदा बढेको छ । यसअघि नियमावलीको नियम ८३ को उपनियम ९१० ले महिला प्रहरीलाई ६० दिन मात्रै विदाको व्यवस्था गरेको थियो ।

    तर मन्त्रिपरिषदले प्रहरी नियमावली २०७१ को छैटौँपटक संशोधीत नियमावली अनुसार अब महिला प्रहरी कर्मचारीले प्रसूति....

  • ​अधिकृत र नायव सुब्बास्तरमा ७५३ जनाका लागि खुल्यो जागिर, एक नम्बर प्रदेशमा १३७ कोटा

    न्यूजलय शुक्रबार ०४, माघ २०७५

    काठमाडौं । सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि आवेदन खुलाइएको हो।

    शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यालयको वेवसाइटबाट आवेदन दिन सक्ने व्यवस्था मन्त्रालयले गरेको....

  • सुनकाण्डको मुद्दामा निर्णय दिने उच्च अदालत विराटनगरका पाँच न्यायाधीश कारवाहीमा

    न्यूजलय शुक्रबार ०४, माघ २०७५

    काठमाडौं । सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच न्यायाधीश कारवाहीमा परेका छन् । 

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने उच्च अदालत विराटनगरका पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका हुन् ।

  • ​डाक्टर केसी शिक्षण अस्पतालको आईसीयूमा भर्ना

    न्यूजलय शुक्रबार ०४, माघ २०७५

    काठमाण्डौ । १६ औं पटक इलाममा अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । 

    स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसनको दशौं दिन शुक्रबार बिहान ३ बजेतिर उनलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको हो । 

  • ​सरकारले खोल्ने भो, पानी जहाज कार्यालय

    न्यूजलय बिहीबार ०३, माघ २०७५

    काठमाडौं । सरकारले पानी जहाज कार्यालय खोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । 

    सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कागजको होइन, साँच्चिकै नेपाली पानी जहाज चलाउने गरी कार्यालय खोल्ने निर्णय भएको बताए । 

    मन्त्री बाँस्कोटाले संगठन....

  • जग्गा बाँझो राखे जरिवाना लाग्ने

    न्यूजलय बुधबार ०२, माघ २०७५

    काठमाडौँ । सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानुनी व्यवस्था ल्याउन लागेको छ । यदि तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । यो विधेयकमाथि प्रतिनिधिसभामा एक साताभित्रै छलफल हुनेछ । 

    विधेयक पारित....

  • ​भ्रष्टचारको आरोपमा पक्राउ परेका पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा

    न्यूजलय बुधबार ०२, माघ २०७५

    काठमाडौं । भ्रष्टचारको आरोपमा पक्राउ परेका पूर्वमन्त्री बिक्रम पाण्डे धरौटीमा रिहा भएका छन् । उनलाई विशेष अदालतले ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको हो । 

    अख्तियारको फरार सूचीमा रहेका उनलाई विशेष अदालतले हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । उनी....

  • माघ २० देखि प्रदेश १ को हिउँदे अधिवेशन सुरु

    न्यूजलय बुधबार ०२, माघ २०७५

    विराटनगर । माघ २० गतेबाट प्रदेश १ को हिउँदे अधिवेशन सुरु गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । 

    प्रदेश मन्त्रिपरिषद्को बुधबार विराटनगरमा बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । सरकारको सिफारिसमा अब प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नेछन् । प्रदेश सभाको बर्खे....

  • नायब सुब्बा पदको परीक्षा मिति सर्यो, (सूचनासहित)

    न्यूजलय बुधबार ०२, माघ २०७५

    काठमाडौं । नायव सुब्बा पदको प्रथम पत्र (सामान्य ज्ञान र बौद्धिक परीक्षण) को परीक्षा मिति सरेको छ ।

    लोकसेवा आयोगले बुधबारको गोरखापत्र दैनिकमा सुचना प्रकासन गर्दे आगामी फागुन १८ गतेको लागि तोकिएको नायव सुब्बा पदको परीक्षा मिति फागुन २५ गतेको लागि सारेको....

  • दोषी ठहरिए देउवालाई कारबाही हुनुपर्छ : डा. महत

    न्यूजलय मङ्गलबार ०१, माघ २०७५

    काठमाडौं । वाइडबडी जहाज खरिदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोषी ठहरीए पनि कारबाही हुनुपर्ने नेपाली कांग्रेसका नेता डा.रामशरण महतले बताएका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका महतले त्यो अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाहीको भागिदार हुनुपर्नेमा जोड दिए ।