Newslaya Home

पत्रपत्रिका

  • सुन काण्डका आरोपी एससपीलाई साधारण तारेखमा रिहा

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । ३३ किलो सुनको अवैध कारोवार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एससपी) श्यामबहादुर खत्रिलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
    न्यायधीशद्धय भीमकुमार ओझा र बलभन्द्र बाँस्तोलाको संयुक्त ईजालासले शुक्रबार खत्रिलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

  • छोरी जन्माएको भन्दै निर्घात कुटपिट गरी घर निकाला

    न्यूजलय सोमबार १६, साउन २०७४

    कपिलबस्तु। छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका-५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन् ।

    ‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे’, खातुनले दुखेसो पोखिन । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन....

  • कतार संकटले नेपालमा यस्तो असर

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् ।
    नेपालीको समस्याबारे दोहास्थित....

  • यस कारण कांग्रेसबाहेक अन्य पार्टीसँग तालमेल गर्दैछ एमाले

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने आकांक्षा राखेको एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसबाहेक बाँकी सबै पार्टीसँग २ नम्बर प्रदेशमा चुनावी तालमेल गर्ने नीति लिएको छ । कांग्रेसले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने दाबी गरेपछि कांग्रेसलाई उछिन्न र पहिलो नम्बरमा यथावत....

  • विवादमा किन तानिए आइजीपी अर्याल ?

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)....

  • ‘संघीय फोरमसँग एकताको अध्याय सकियो’ - बाबुराम

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको अध्याय सकिएको घोषणा गरेका छन् । फोरमले भने एकताका लागि सैद्धान्तिक कुरा मिलिसकेको भन्दै तेस्रो चरणको चुनावअगावै एकता हुन सक्ने सम्भावनाको ढोका खुलै राखेको जनाएको छ । शुक्रबार दुवै दलको केन्द्रीय समिति बैठक....

  • सार्वजनिक सवारीको भाडा फेरि बढ्ने

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ ।
    विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले....

  • पञ्चायतको आदेश : बलात्कारको बदलास्वरुप बलात्कार

    न्यूजलय सोमबार १६, साउन २०७४

    इस्लामाबाद । पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा २० जनालाई पक्राउ गरिएको छ ।

    युवतीको दाइले एउटी बालिकामाथि बलात्कार गरेका थिए, र त्यसैको बदलास्वरुप पञ्चायतले यो आदेश दिएको समाचारहरुमा उल्लेख छ । प्रहरीका अनुसार दुवै पीडितका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले....

  • नयाँ उपाय अपनाएर ठगी गर्ने बढ्दै

    न्यूजलय सोमबार १६, साउन २०७४

    दमक । झापाको दमकमा बाहिरबाट आएका केहि ब्यक्तिहरुले विभिन्न उपाय अपनाएर ठगी गर्ने गरेको पाईएको छ ।
    विगत केहि दिनदेखि दमक बजार तथा आसपासका क्षेत्र र गाउँ बस्तीहरुमा अपरिचित महिला तथा पुरुष मानिसहरुले घर गाउँ टोलटोलमा गई विभिन्न किसिमका नक्कली सुनका टिल विस्कुट तथा....

  • स्वाइनफ्लुको संक्रमण बढ्दै, दुईको मृत्यु

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाण्डौ । केही दिनयता काठमाडौ।मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको छ ।

    शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको....