Newslaya Home

पत्रपत्रिका

  • झाँक्रीबाट दुइ महिला बलात्कृत

    न्यूजलय सोमबार १६, साउन २०७४

    म्याग्दी । बेनी नगरपालिकाकोएकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् ।

    बागलुङ नगरपालिका ६ का काजुभनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्धा....

  • अब कर्मचारी पदपूर्ति तोकिएको मितिमा मात्र

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाण्डौ । सुरक्षा निकाय, सार्वजनिक संस्थान, प्राधिकरण लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्ति गर्दा अब तोकिएको मितिमा मात्र गर्न पाइनेभएको छ। निजामती सेवामा जस्तै सुरक्षा निकाय लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्तिका लागि खोलिने विज्ञापन, लिखित परीक्षा सञ्चालन, मौखिक र नतिजा प्रकाशनलाई व्यवस्थित गर्न लोकसेवा आयोगले सुरक्षा....

  • अब घरमै थाहा हुन्छ मौसमसम्बन्धि जानकारी

    न्यूजलय सोमबार १६, साउन २०७४

    इलाम । जिल्लाका विभिन्न स्थानको पानीजन्य जोखिम र हावापानीको अवस्था अब घर बसीबसी अध्ययन गर्न सकिने भएको छ । जल तथा मौसम विज्ञान विभाग र नेपाल रेडक्रस सोसाइटीलेजिल्लाका ५ स्थानको मौसमी विवरण र एक ठाउँमा बाण्ीको बहाव परिीक्षण मेसिन राखेर त्यसको रेकर्ड हेर्ने व्यवस्गा मिलाएकाहुन्।

    ....

  • राप्रपा भित्रका प्रभावशाली नेता थापाको प्रतिकारमा

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । पार्टी्भित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ ।

    एकीकरणपूर्वको अध्यक्षसमेत रहेका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले एकतर्फी रूपमा भएको मनोनयनलाई....

  • निर्वाचन आयुक्तलाई १५ करोडको गाडी किन्न आयोगको टेन्डर

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ ।
    तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान....

  • बलात्कार घटनाको अनुसन्धानमा संलग्न १२ प्रहरी कारबाहीमा

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौँ । साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ ।

    घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरि सतहमा आएको हो ।....

  • अनावश्यक विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको निर्देशन

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न नवनियुक्त मुख्य सचिवलाई निर्देशन दिएका छन् । दुई महिनामा सरकारका तीन दर्जनभन्दा बढी सचिवसहित साढे १४ सय कर्मचारी अनावश्यक विदेश भ्रणमा गएको विषयमा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले अनावश्यक भ्रमण रोक्न मुख्य सचिव क्षेत्रीलाई....

  • भद्रपुर नगरप्रमुखको यस्तो निर्णय, जेष्ठ नागरिकहरु हर्षित

    न्यूजलय सोमबार १६, साउन २०७४

    झापा । झापा सदरमुकाम भद्रपुर नगरका ८० वर्षमाथिका पाकाहरुले अब निःशुल्क उपचार सेवा पाउने भएका छन् । नगरका नवनिर्वाचित प्रमुख जीवनकुमार श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिले पहिलो निर्णय नै पाकाहरुका पक्षमा गर्दा उनीहरुले यो सुविधा पाउने निश्चित भएको हो ।

    ‘अब नगर क्षेत्रमा रहेका ८० वर्षमाथिका ज्येष्ठ....

  • प्रदेशसभाका मात्रै सांसद १ हजार २ सय ५९

    न्यूजलय सोमबार १६, साउन २०७४

    काठमाडौं । निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका छन् । साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको सख्या मात्रै १ हजार २ सय ५९ पुग्नेछ....

  • पक्किको आसमा भएको घर पनि भत्काएपछि

    न्यूजलय सोमबार १६, साउन २०७४

    वीरगन्ज । ‘सरकारले पक्की घर बनाइदिने भनेपछि फुसको घर भत्काइयो । तर, दुई महिना भइसक्यो अझै पैसा पाउन सकेका छैनौ त्रिपालको ओतमा सामान राखेकी वीरगन्ज रामगढवाकी कौशीला देवीले भन्नुभयो, ‘पानी परेका बेला बालबच्चालाई लिएर छिमेकीको घरमा शरण लिई रात बिताउनुपरेको छ । सरकारले राम्रो घर....