Newslaya Home

समाज

  • पूर्वमा पनि जात्री पर्वमा सार्वजनिक बिदा

    न्यूजलय आइतबार ०१, असार २०७६

    झापा । पूर्वका अधिकांश विद्यालयहरुले धिमाल समुदायको मुख्य पर्व जात्रीको समापनको अवसरमा सार्वजनिक बिदा दिएका छन्।

    जस अन्तर्गत दमक नगरपालिका, उर्लाबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिका रहेका छन् ।

    पहिलो नगरसभाबाटनै धिमाल जातिलाई पहिलो नागरिक घोषणा गरेको दमक नगरपालिकाले असार २....

  • लोकसेवाको विज्ञापन फिर्ता नलिएको भन्दै लोकसेवा आयोगमा ताला

    न्यूजलय आइतबार ०१, असार २०७६

    जनकपुर । लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै मधेस अधिकार संघर्ष समितिले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।

    आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए....

  • विष्ट पक्षको प्रतिबद्धता : तालिमदेखि उवासंघलाई राजनीतिमुक्त बनाउनेसम्म

    न्यूजलय आइतबार ०१, असार २०७६

    इटहरी । शैलेस विष्ट उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष हुन् । उनी उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष बन्न आफ्नो टिमसहित चुनावमा होमिएका छन् ।

    उद्योग वाणिज्य संघ इटहरीको समितिमा पटक पटक भएको निर्वाचनमा लोकप्रिय मतका साथ जित हात पारेका उनी यो पटक भने अध्यक्षका....

  • पाकेट मार्ने चार महिलासहित ८२ जना पक्राउ

    न्यूजलय आइतबार ०१, असार २०७६

    काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक सवारी–साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको टोलीले जेठ महिनामा मात्र काठमाडौंका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी–साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो....

  • सोलुखुम्बुमा अज्ञात समूहद्वारा हाइड्रोपावरको एक्स्काभेटरमा आगजनी

    न्यूजलय आइतबार ०१, असार २०७६

    सोलुखुम्बु । सोलुखुम्बुमा रहेको ८६ मेगावाट क्षमताको हाइड्रोपावरको एक्स्काभेटरमा आगजनी भएको छ ।

    निर्माणाधीन हाइड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट बिहान ७ बजे प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन भएको जनाइएको छ । यो क्षेत्रमा....

  • राष्ट्रिय पाककला प्रतियोगिताको अडिसन सम्पन्न

    न्यूजलय आइतबार ०१, असार २०७६

    इटहरी । इटहरीको प्रिमियर होटलमा राष्ट्रिय पाककला प्रतियोगिताका लागि अडिसन सम्पन्न भएको छ ।

    छनोटका लागि प्रदेश एकका विभिन्न स्थानबाट सहभागीहरु आएका प्रदेश संयोजक सुनिल भुषालले जानकारी दिएका छन् । सहभागी १८ विद्यार्थी मध्यले पोखरामा असार ६ गते हुने फाइनल प्रतिस्पर्धाका लागि २ जनाले अवसर....

  • घुमाउने बहानामा छोरीमाथि बलात्कार गर्ने सानोबाबु पक्राउ

    न्यूजलय आइतबार ०१, असार २०७६

    ललितपुर । गोदावरीस्थित एक विद्यालयको होस्टलमा बस्दै आएकी १३ वर्षीया बालिका आफ्नै सानोबाबुबाट बारम्बार बलात्कृत भएको खुलेको छ।

    सानोबाबुले गत शनिबार पनि गोदावरीको एक होटलमा अप्राकृतिक मैथुन गर्न लगाएपछि घटना सनर्वजनीक भएको हो । बालिकाको घर काठमाडौं बाहिर भएकाले विद्यालयको होस्टलमा बस्दै आएकी थिइन्।....

  • १५ दिने उद्घोषण तथा टेलिभिजन पत्रकारीता तालिम सम्पन्न

    न्यूजलय आइतबार ०१, असार २०७६

    इटहरी । इटहरीमा आयोजित १५ दिने उद्घोषण तथा टेलिभिजन पत्रकारिता तालिम सम्पन्न भएको छ ।

    नेप्ली मिडिया प्रा. लि. र सप्तकोशी अनलाइनले गरेको तालिम शनिबार एक कार्यक्रमका बिच सहभागिलाई प्रमाणपत्र दिँदै समापन गरिएको हो । तालिममा १५ जनाको सहभागिता थियो ।

    तालिमको समापन कार्यक्रममा बोल्दै....

  • गर्मी बढेपछि विद्यालय बन्द

    न्यूजलय आइतबार ०१, असार २०७६

    सर्लाही । गर्मी बढेपछि सर्लाहीको लालबन्दी नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालय आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

    अत्यधिक गर्मीले पठनपाठनमै समस्या भएपछि वर्षे बिदाबाट कट्टा हुने गरी आजदेखि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले जानकारी दिए ।

    ....

  • प्रहरीलाई घुस दिन खोज्ने सप्तरीका चौधरी पक्राउ

    न्यूजलय आइतबार ०१, असार २०७६

    ललितपुर । ललितपुर महानगरपालिका–१० कुपन्डोलस्थित डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं अनामनगर बस्ने सप्तरीका ३६ वर्षीय अमरनाथ चौधरी रहेका छन् । महानगरीय प्रहरी प्रभाग कुपन्डोलबाट खटिएको प्रहरीले बा४२प ५८४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा....