Newslaya Home

समाज

  • चिठ्ठा परेको भन्दै ईमोमार्फत ठगी गर्ने विराटनगरका निरजसहित दुईजना पक्राउ

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    विराटनगर । चिठ्ठा परेको भन्दै ईमोमार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १५ गते चिठा परेको छ भनि ठगी गर्ने बिराटनगर महानगरपालिका ११ बस्ने २३ वर्षीय निरज मरिक र धनपालथान गाउँपालिकाका ६ बस्ने ३६ वर्षीय श्रवण मलहालाई पक्राउ गरिएको जिल्ला....

  • स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    काठमाण्डौ । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ ।

    बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप....

  • बाटो खन्ने क्रममा डोजर पुरिँदा दुई जनाको मृत्यु

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    हेटौंडा । मकवानपुरको थाहा भीरमा बाटो खन्ने क्रममा ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ।

    बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको मृत्यु भएको जनाइएको छ ।

    घटनाको थप विवरण आउन सकेको छैन।....

  • विप्लव समूहका जुम्ला इञ्चार्ज पक्राउ

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    जुम्ला । विप्लव समूहका एकजना नेता जुम्लामा पक्राउ परेका छन् । जुम्ला जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवालाई प्रहरीले पक्राउ गरेको हो ।

    सिँजा–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तिरूवालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ....

  • दुई दिनदेखि वेपत्ता पथरीशनिश्चरेका एक युवा मृत फेला

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    मोरङ । दुई दिनदेखि बेपत्ता पथरीशनिश्चरे–८ का एक युवा बिहीबार बिहान मृत फेला परेका छन्।

    पथरीशनिश्चरे–१ स्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र ३१ वर्षीय विमल परिवार मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ । विमल गत मंगलबारदेखि परिवारका सदस्यबाट सम्पर्कविहीन बनेका थिए। राजमार्गबाट चार सय मिटर....

  • धरानबाट सुरु भएको डेंगु तीन जिल्ला फैलियो

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    सुनसरी । धरानबाट सुरु भएको डेंगु संक्रमण तीन वटा जिल्लामा फैलिएको छ भने सुनसरीमा मात्र संक्रमितको संख्या पाँच सय नाघेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ । उनका अनुसार वीपी प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल....

  • १० महिनाको शिशुको घाँटीरेटी विभत्स हत्या

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    काठमाडौँ । काठमाडौँमा अन्दाजी १० महिनाको शिशुको शव झोलामा भेटिएको छ ।

    लाजिम्पाटको सांग्रिला होटल अगाडि घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ....

  • सप्तरीका इञ्जिनीयर श्रेष्ठ घुससहित पक्राउ

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुससहित पक्राउ गरेको छ ।

    झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई बिहिबार बिहान पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिएका छन्....

  • इटहरीको ओसन पार्कमा आज अन्तर्राष्ट्रिय डीजे लिनाटा आउँदै

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    इटहरी । इटहरीमा बिहिबार(आज) अन्तर्राष्ट्रिय डीजे लिनाटा आउने भएकी छिन् । विश्वभरका संगीतप्रेमी युवा पुस्तामाझ निकै लोकप्रिय उनी आज इटहरीको ओसन पार्कमा आउने भएकी हुन् ।

    ओसन पार्कमा उनको विशेष प्रस्तुती रहने गरी वेट फेस्ट कार्यक्रम आयोजना गर्न लागिएको छ । लीनाटा युरोपेली मुलकी डीजे....

  • बराहक्षेत्रमा ट्रयाकटर दुर्घटना, एक जनाको मृत्यु

    न्यूजलय बिहीबार ३०, जेठ २०७६

    बराहक्षेत्र । बराहक्षेत्रमा ट्रयाकटर दुर्घटना हुँदा एक जनाको मृत्यु जनाको भएको छ ।

    दुर्घटनामा च्यापिएर घाईते भएका बराहक्षेत्र–८ का ३२ बर्षीय मोहमद मियाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ ।

    बुधवार बिहान शुक्रवारे बाट महेन्द्रनगर....