Newslaya Home

समाज

  • झिंगा र दुर्गन्धले खपिनसक्नु बनाएपछि ....

    न्यूजलय बुधबार १८, साउन २०७४

    विराटनगर । विराट पोल्ट्री फर्मबाट निस्केको झिंगा र दुर्गन्धका कारण मोरङ सोराभागका स्थानीयहरु एक हप्तादेखि आन्दोलित छन् ।
    झिंगा र दुर्गन्धका कारण स्थानियवासी यतिसम्म दिक्क छन् कि उनीहरुले झिँगा र दुर्गन्ध उन्मूलन संघर्ष समिति नै बनाएका छन् । उक्त उद्योगबाट जनस्वास्थ्यमा प्रतिुकल असर परेको....

  • ज्योतिष परिषद्को प्रदेश १ मा विश्वप्रकाश

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । नेपाल ज्योतिष परिषद्ले विश्वप्रकाश लामिछानेको अध्यक्षतामा प्रदेश कमिटि चयन गरेको छ । विहीबार इटहरीमा भएको भेलाले नयाँ कमिटि चयन गरेको हो ।
    परिषद्का महासचिव सन्तोष बसिस्ठाको उपस्थितिमा भएको चुनावबाट चक्रपाणि गौतम वरिष्ठ उपाध्यक्षमा चयन गरिएका छन् । यस्तै उपाध्यक्षमा नगेन्द्रप्रसाद रोइला, बाबुराम....

  • दुई गाउँपालिकामा एमालेले छान्यो सर्वसम्मत उम्मेदवार

    न्यूजलय बुधबार १८, साउन २०७४

    काँकडभिट्टा । झापाका दुई वटा गाउँपालिकाबाट नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ ।
    झापा गाउँपालिकाबाट अध्यक्ष पदका लागि गजेन्द्र ताम्ली र उपाध्यक्ष पदका लागि कुन्तीदेवी बुढाथोकीको नाम सर्वसम्मत चयन भइसकेको र केचना कवल गाउँपालिकाबाट अध्यक्ष पदका लागि शेरबहादुर खत्री र उपाध्यक्ष पदमा....

  • फोहोर सङ्कलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित

    न्यूजलय बुधबार १८, साउन २०७४

    ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ्ग बजारमा नियमितरुपमा फोहोर सङ्कलन नहुँदा दुर्गन्धित बन्न थालेको छ ।
    सदरमुकाममा रहेका घर, पसलअगाडि फोहोर डंगुर बढ्दै गएको छ । भने सार्वजनिक ठाँउमा समेत फोहोर थुपिँ्रदै गएको छ । बजारका पसलहरुमा तरकारी तथा फलफूलहरुसँगै जोडेर फोहोरले भरिएका बोरा राख्न....

  • लागुऔषधसहित एक पक्राउ

    न्यूजलय बुधबार १८, साउन २०७४

    इटहरी । वराह–११ बाट बुधबार राति लागुऔषधसहित १ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट खटाएको टोलीले सोही ठाउँका अन्दाजी ६० वर्षका नारायण उरावलाई पक्राउ गरेको छ ।
    विशेष सुराकीको आधारमा उनको घरमा छानविन गरिएको हो । छानविन गर्ने क्रममा कोठामा लुकाइएको....

  • झुम्कामा भत्ता वितरणमा बैंकको लापरवाही, व्यवस्थापन सुधार गर्न आग्रह

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    रामधुनी । सुनसरीको रामधुनी झुम्कामा रहेको नेपाल बैंक लिमिटेडले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा लापरवाही हुने गरेको पाइएको छ । सामाजिक सुरक्षाभत्ता अन्तरगत विधुवा भत्ता लिन गएका केहीले तोकेको भन्दा कम भत्ता पाएपछि कमजोर व्यवस्थापनका कारण लापरवाही हुनेगरेको पाइएको हो ।
    मंसिर....

  • निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली तालिम

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    लेटाङ । मोरंगको लेटाङमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली तालिम बुधबार सम्पन्न भएको छ । कृषि विकास केन्द्र लेटाङमा युथक्रिएसन सुनसरीको आयोजना तथा जिल्ला शिक्षा कार्यालय सुनसरीको सहकार्य र वल्ड भिजन इन्टरनेशनलको सहयोगमा तीन दिने तालिम दिइएको हो ।
    प्रणालीको अवधारणा विकास भएको लामो समय....

  • बस पुगेपछि स्थानीयवासीले गरे अबिरजात्रा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    भोजपुर । भोजपुर जिल्लाको घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा आएको छ । मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी संघ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिए ।
    बस पुगेपछि स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरेका थिए ।....

  • टुकीबाट आगो सल्किँदा एक जनाको मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मोरङ । आगोमा जलेर मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित दलेलीमा एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा लागेको आगोमा परी २३ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको हो । घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी टुकी बालेर सुतेका उनको टुकी घरमा आगो सल्किँदा घटनास्थलमै....

  • आर्थिक सहयोग जुटाउन शुरु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । इटहरी–२ स्थित लक्ष्मण तामाङको परिवारलाई आर्थिक सहयोग जुटाउन शुरु गरिएको छ । चार छोराछोरी नै आपाङ्ग भएका तामाङलाई इटहरी–४ को मकालु क्लबको अग्रसरतामा आर्थिक सहयोग जुटाउन शुरु गरिएको हो ।
    सामाजिक अभियान्ता एवम् क्लबका अध्यक्ष देउराज राईले, एक वर्षसम्म रकम सङ्कलन गरी....