नेप्से ३२ अंकले घट्यो

न्युजलय २६ फाल्गुण २०८२, मङ्गलबार ०३:५० मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा पुगेको हो। 

यसदिन नेप्से परिसूचकले ओरालो यात्रा तय गरेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ। आज साढे २१ अर्बको सेयर कारोबार भयो।

३२९ स्क्रिप्सको ५ करोड २७ करोड ११ लाख ३५३ कित्ता सेयर २१ अर्ब ५० करोड २० लाख ३१ हजार  ३२० रुपैयाँमा खरिदबिक्री भए।