काठमाडौँ । धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसमाथि सोमबारको व्रत बस्दा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ ।
धर्मशास्त्र अनुसार, सोमबारको व्रत फलदायी मानिन्छ । सोमबारको व्रतले मानिसका हरेक इच्छा, आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ भन्ने मान्यता रहि आएको छ । विशेष गरी अविवाहित स्त्रीले असल तथा इमान्दार श्रीमान् पाउँछन् भन्ने मान्यता छ ।
चिकित्सकहरुले पनि हप्तामा एक दिन खाना नखाई ‘फास्टिङ’ बस्दा स्वास्थ्यलाई राम्रो गर्ने बताउँछन् । तर, बिरामी व्यक्तिले भने, चिकित्सकको राय अनुसार खानपानमा ध्यान दिनु जरुरी छ।