साढे ४ अंकले घट्यो नेप्से

न्युजलय १० कार्तिक २०८३, सोमबार ०४:३० मा प्रकाशित

काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। 

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ। 

१३ मध्ये आज चार उपसमूहको परिसूचक बढेको छ ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। गत असोज ३० गते चार अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब २४ लाख २१ हजार रुपैयाँबराबरको एक करोड तीन लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।