कोशीटप्पुमा अर्ना हेर्ने हो ?

न्युजलय २० असोज २०७८, बुधबार ०२:५२ मा प्रकाशित

सुनसरी, सप्तरी र उदयपुरको बिचमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्ष अर्नाको विशेष क्षेत्र हो । यहाँ अर्नाहरु हुल बाँधेर चरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा घरपालुवा भैसीजस्तो देखिने अर्नाको सिङ लामो हुन्छ । कान तथा घुँडाको घेरा सेता हुन्छन् । आँखीभौं पनि केहि सेतो र खैरो हुन्छ ।

१७५ वर्ग किलोमिटर क्षेत्रमा सप्तकोशी नदी तथा खुला घाँसे मैदान र झाडी जंगलको बिचमा फैलिएको आरक्षमा अर्ना जहाँतहीँ भने देख्न पाइँदैन । कति पर्यटकहरु त दिनभरी घुम्दा पनि अर्ना हेर्न नपाएर निराश हुँदै फर्कने गरेका छन् । निश्चित स्थानमा उनीहरु आवतजावत गर्छन् । हामीले अर्ना बढीजसो भेटिने ठाउँमा पुगेर नजिकबाट केही तस्वीर संकलन गरेका छौं ।