सेयर बजारमा गिरावट

न्युजलय १४ कार्तिक २०८३, शुक्रबार ०४:०७ मा प्रकाशित

काठमाडौं । शुक्रबार नेप्से परिसूचक करिब साढे पाँच अंकले घटेर बन्द भएको छ। 

यसदिन नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा अडिएको हो।  नेप्सेमा गिरावट आएपनि  कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३४८ वटा स्क्रिप्सको २ करोड २८ लाख  ६२ हजार ५५४ कित्ता सेयर ८ अर्ब ८९ करोड १५ लाख  ९५ हजार  १४५ रुपैयाँमा खरिदबिक्री भए।