ओखलढुंगामा बोलेरो दुर्घटनामा परी महिलाको मृत्यु

न्युजलय २ कार्तिक २०८०, बिहिबार ०५:४५ मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ स्थित भित्री कच्चि सडक खण्डमा बोलेरो दुर्घटना भएको छ । 


बुधबार बेलुका निशंखेबाट ओखलढुङ्गातर्फ आउदै गरेको बा. १५ च ८५७० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक देखि अन्दाजि ५० मिटर तल झरी दुर्घटना हुँदा गाडीमा सवारसिद्धिचरण–२ का ४५ बर्षीया नरमाया राईको ज्यान गएको हो । 


दुर्घटनामा परी घाईते भएका राईको उपचारको क्रममा सामुदायिक मिसन अस्पताल ओखलढुङंगामा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये १८ बर्षीय बिबेक परियार, २९ बर्षीय मनोज कटवाल र २५ बर्षीय निरज कटवालको सामान्य उपचार पश्चात डिस्चार्ज भएको छ भने घटनामा संलग्न गाडी चालक २६ बर्षीय शान्ता बहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय ओखलढुगांबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।