इटहरीको पिनाकल फिटनेसले ल्यायो विशेष छुट योजना, पर्याप्त पार्किङ र कफिसमेतको सुविधा

न्युजलय ९ बैशाख २०८३, बुधबार ०३:१८ मा प्रकाशित

इटहरी । नयाँ वर्ष २०८३ को अवसर पारेर इटहरीस्थित पिनाकल फिटनेस ले विशेष छुट योजना सार्वजनिक गरेको छ। स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै युवाहरूको पहिलो रोजाइ बन्दै गएको यस व्यायाम केन्द्रले सदस्यहरूका लागि सीमित अवधिको योजना ल्याएको जनाएको हो।


व्यवस्थापनका अनुसार वार्षिक सदस्यतामा २० प्रतिशत, ६ महिनाको सदस्यतामा १५ प्रतिशत तथा ३ महिनाको सदस्यतामा १० प्रतिशत छुट प्रदान गरिनेछ। उक्त योजना चैत २८ गतेदेखि वैशाख १० गतेसम्म मात्र लागू हुने बताइएको छ।


संगीत चोकस्थित कुमारी बैंक भवनको तेस्रो र चौथो तलामा सञ्चालनमा रहेको पिनाकल फिटनेस छोटो समयमै आधुनिक उपकरण, अनुभवी प्रशिक्षक तथा स्वच्छ वातावरणका कारण लोकप्रिय बन्न सफल भएको छ।


यहाँ हृदयगत व्यायाम, तौल अभ्यास, मिश्रित अभ्यास, योग तथा व्यक्तिगत प्रशिक्षणजस्ता सेवाहरू उपलब्ध छन् । व्यस्त जीवनशैली भएका युवाहरूलाई लक्षित गर्दै लचिलो समय तालिका र व्यक्तिगत स्वास्थ्य योजना उपलब्ध गराइनु यस केन्द्रको मुख्य विशेषता रहेको छ।


सञ्चालक राम गिरीका अनुसार फिटनेसले “स्वस्थ शरीर नै सफल जीवनको आधार हो” भन्ने उद्देश्यसहित सेवा दिदैँ आएको छ । व्यवशायभन्दा पनि नगरवासीहरु स्वस्थ हुनुपर्छ भन्ने भावनाका साथ जिम सञ्चालनमा ल्याएको बताए । फिटनेसमा सदस्यहरूको आवश्यकताअनुसार भोजन योजना तथा स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइने हुँदा यहाँ आउनेहरू केवल शरीर निर्माण मात्र नभई समग्र स्वास्थ्य सुधारतर्फ आकर्षित भएको उनले बताए ।


कसरतसँगै फिटनेसभित्रै कफि र हेल्दी डाइटको समेत सुविधा दिइएको छ । भवनको तल्लो तलामा सुरक्षित र पर्याप्त पार्किङ स्पेस रहेकोले पनि यो फिटनेसप्रति आकर्षण बढेको छ । ‘पार्किङ अभावमा आफ्नो सवारी साधनहरु असुरक्षित तवरले बाटोमा छाड्नु पर्दैन,’ गिरीले भने, ‘साथै एसि सहितको कोठामा जिम गरेर कफि समेत पिएर फर्कन पाइन्छ ।’