काठमाडौं । सेयर बजार आज पनि सकारात्मक देखिएको छ। अघिल्लो दिन सोमबार ४१.७० अंकले बढेको नेप्से परिसूचक मंगलबार ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको हो।
यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १०३ वटा स्टक्सको मूल्य बढ्दा १६२ वटाको घट्यो। बाँकी १२ वटा स्टक्सको मूल्य स्थिर रह्यो। पाँच समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।