काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खसेको छ ।
आइतबार बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खस्दा भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको हो ।
गुरुङ मोटरसाइकल पछाडी सवार थिए । मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।