काठमाडौँ । आज पनि सुनको भाउ प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला पाँच हजार २० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।