इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

न्युजलय १० कार्तिक २०८३, सोमबार ०१:४५ मा प्रकाशित

इलाम । आज बिहान इलाममा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  । घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।