नेप्से ७ अंकले बढ्यो

न्युजलय ६ असोज २०८३, मङ्गलबार ०३:२४ मा प्रकाशित

काठमाडौँ । आज नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन कारोबार बन्द रहेको सेयर बजारमा आज ७.०६ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक ७ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

परिसूचक बढेको दिन सेयर बजारमा ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर ७० हजार ६९१ पटक खरिद बिक्री हुँदा ७ अर्ब ५ करोड ३ लाख ९८ हजार ६२४ रुपैयाँको कारोबार भएको छ ।