काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ७४.७३ अंक घटेर २,७७६ अंकमा कायम भएको छ।
सेयर बजार खुलेदेखि नै दिनभर रातो अंकमा रहेको थियो।
बुधबार कारोबार रकम भने करिब १ अर्बले बढेको छ । अघिल्लो दिन ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज १२ अर्ब १० करोडको भयो । बुधबार १३ कम्पनीको मूल्य बढेको छ भने २ सय ५५ को मूल्य घटेको छ।