काठमाडौं । नेपाल बैंकले विभिन्न पदहरुमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् ।
इच्छुक आवेदकले चैत्र १० गते भित्र अनलाइन मार्फत दरखास्त फारम भरीसक्नुपर्नेछ ।