काठमाडौं । सेयर बजार सकारात्मक भएर बन्द भएको छ। साताको तेस्रो सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेको हो।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा अडिएको थियो।
नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। यसदिन ३४६ वटा स्क्रिप्सको १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँमा खरिदबिक्री भए।