नेप्से परिसूचक घट्यो

न्युजलय २२ चैत २०८२, आइतबार ०९:०२ मा प्रकाशित

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक १०५.५ अंकले घटेर २६७६.६८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।