मेष । नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। आफ्नो कमी कमजोरी सुधार्ने समय रहेको छ। स्वादिष्ट भोजन को आनन्द मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृष । आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईँको विचारको सम्मान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वासपात्रको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। समाजमा मानसम्मान पाइएला। सकेसम्म यात्रा नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट । गोप्य योजनाहरू सफल बन्नेछन्। आसमर्दो कार्य बन्नाले नयाँ कार्यतर्फ मन लाग्नेछ। सन्तानबाट शुभ समाचार पाइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह । कार्यक्षेत्रमा नयाँ जिम्मेबारी थपिनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या । कार्यक्षत्रमा समयमा कार्य सम्पादन हुनेछ। नोकरी वा पेशामा शुभ चिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
तुला । परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ला। व्यापार व्यवसायमा विषयवस्तुलाई बुझेर निर्णय लिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । अनावश्यक शंका नगर्नुहोस्। अधिकारीहरूको समक्ष प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु । नयाँ कार्य थाल्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्नेछन्। हतारमा नयाँ कार्य नलिनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।
मकर । कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रशन्न रहनेछ। नोकरी वा पेशामा पुराना उपलब्धि पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ । आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नयाँ व्यवसायमा प्रारम्भ गर्न सफल भइनेछ। मनमा प्रेम र विश्वासको सृजन हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मीन । नयाँ कार्य र यात्रा गर्दा सजगता अपनाउनुहोस् सकेसम्म यात्रा नगर्नुहोस्। आफ्नो कार्य अरुमाथि नछोड्नुहोला। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ संगै अधिकारीहरूको समर्थन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
स्रोत हाम्रोपात्रो