शून्य लागतमा मलेसियाको दुई कम्पनीले माग्यो नेपाली कामदार

न्युजलय १८ भदौ २०७९, शनिवार ०९:१० मा प्रकाशित

 काठमाडौं । शून्य लागतमा मलेसियाले नेपाली कामदारको माग गरेको छ । 

मलेसियाको पहाङ सहरमा रहेको एक कम्पनीले ५ जना पुरुष र जालन सहरमा रहेको एक कम्पनीले १० जना गरी जम्मा १५ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३४ हजार माथिदेखि ४२ हजार बढि पाउनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।