विराटनगर । रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका विराटनगरका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जङ्गलमा मृत फेला परेका छन्।
विराटनगर–३ का खत्री शनिबार अपराह्न जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
खत्रीले जर्मनीमा ६ वर्ष र दुबईमा दुई वर्ष बिताएका थिए । वैदेशिक रोजगारीको अनुभवपछि स्वदेश फर्किएका उनले विराटनगरको पिपल चोक र गोल्छा चोकमा ‘पिजफायर’ नामका रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।
घटनास्थलमा साँचोको रिङ फेला परेको छ। घटनाको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।