नेप्से परिसूचक ४५ अंकले बढ्यो

न्युजलय २५ चैत २०८२, बुधबार ०३:५७ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अंकले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ । 

आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।