इटहरी । सुनसरीको कोशी गाउँपालिका १ हटियालाइन लौकहीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १-०२-०४८ प ४९७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागूऔषध ब्राउनसुगर सहित भोक्राहानर्सिङ गाउँपालिका ६ बस्ने २४ वर्षीय नजाम आलमसमेत २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
करिब ५६ ग्राम ५० मिलिग्राम ब्राउनसुगर सहित पकाउ परेका उनीहरुको सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।