काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ९ अंक घटेको नेप्से सूचक बुधबार करिब ५ अंकले घटेको हो ।
बुधबार बजार सूचकसँगै कारोबार रकममा पनि आएको छ । बुधबार नेप्से परिसूचक ४.८२ अंक घटेको छ भने कारोबार रकम पनि ४ अर्ब ७६ करोडमा सीमित भएको छ ।
मंगलबार नेप्सेमा ५ अर्ब ३८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो । बुधबार नेप्सेमा १ सय ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ ।