नेप्सेमा गिरावट

न्युजलय २७ फाल्गुण २०८२, बुधबार ०३:४८ मा प्रकाशित

काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार २१ अर्ब रूपैयाँको कारोबार भएकोमा बुधबार १३ अर्ब १८ करोड रूपैयाँमा पुगेको छ। 

यसदिन ३२९ वटा धितोपत्रको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर किनबेच भएको हो।