घट्यो सुनको मूल्य

न्युजलय २८ बैशाख २०८३, सोमबार ११:२९ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ ।

मुल्य घटेसंगै सुन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मुल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आइतबार ५ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।