काठमाडौं । सप्तरीको बोदेवरसाइन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजनारायण ठाकुर लागूऔषध सहित पक्राउ परेका छन् ।
छिन्नमस्ता गाउँपालिका–२ महुवा घर भएका ठाकुरलाई लागूऔषध नाइट्राभेट २७ ट्याबलेट र स्पास्मो १५ ट्याब्लेटसहित पक्राउ गरिएको हो ।
बोदेवरसाइन बजारस्थित शत्रुधन चौकमा पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको लु ५५ प ५४३९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा नम्बर प्लेटको भित्रपट्टी प्लास्टिकमा बेरेर राखेको उक्त लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका ठाकुरलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।