काठमाडौं । सुनचाँदीको मूल्य ७ हजार २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको थियो।