आज धेरै ठाउँमा मौसम सफाः पहाडी क्षेत्रमा आंशिक बदली

न्युजलय ७ कार्तिक २०८०, मङ्गलबार ०१:३६ मा प्रकाशित

काठमाण्डौ । दशैँको मुख्य दिन आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ ।


धेरै ठाउँमा मौसम सफा नै रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । विभागले जारी गरेको मौसम बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख छ ।


भोलि कोशी प्रदेशसहित देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।