काठमाण्डौ । एप्पलले चाडै नै ल्याउन लागेको आफ्नो नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादन भारतमै गर्ने तयारी गरेको छ ।
आइफोन १४ को उत्पादन सँगै विश्वभर आपूर्ति पनि भारत र चीनबाट गरिनेछ । अहिलेसम्म भारतमा आइफोन ११, आइफोन १२ र आइफोन १३ को उत्पादन भैरहेको छ । आइफोन १४ सँगै भारतमा एप्पलको हाइ इण्ड आइफोन पनि उत्पादन हुनेछ ।
भारतमा उल्लेखित आइफोनहरू चेन्नइस्थित फक्सकन प्लान्टमा उत्पादन हुने गरेका छन् । एप्पलका लागि आइफोन बनाउने फक्सकनले नै पहिलोपटक भारत र चीन दुवै देशबाट आइफोन १४ को आपूर्ति सुरु गर्ने बताइएको छ ।
एप्पलले सेप्टेम्बरमा आइफोन १४ सिरिजका आइफोन सार्वजनिक गर्दैछ । यसबीचमा आइफोन १४ को मूल्य तथा फिचर्सका बारेमा विभिन्न सूचनाहरु सार्वजनिक भैरहेका छन् ।
चर्चित प्रविधि संवाददाता डान इभ्सले आफ्नो रिपोटमा उल्लेख गरे अनुसारआइफोन १४ को मूल्य आइफोन १३ को तुलनामा १०० डलर बढी हुनेछ । अर्थात् आइफोन १४ को सुरुआती मूल्य ८९९ डलर हुनेछ ।