ह्वाट्सएपमा अब २ जीबीसम्मको फाइल शेयर गर्न मिल्ने

न्युजलय १४ चैत २०७८, सोमबार ०७:५२ मा प्रकाशित

काठमाडौं । मेटा अन्तर्गतको इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपले ठूला फाइल पठाउन सकिने गरी प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराउने भएको छ ।


ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने वाबेटाइन्फोका अनुसार २ जीबीसम्मको फाइल पठाउन सकिने गरी कम्पनीले काम गरिरहेको छ ।

 

एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध हुने यो फिचर पहिलो चरणमा अर्जेन्टिनाका प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ ।


अन्य देशका प्रयोगकर्ताका लागि यो सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्ने विषयमा केही खुलाइएको छैन ।


हाल ह्वाट्सएपमा अधिकतम १०० एमबी साइजका फाइल पठाउन सकिन्छ ।