फेसबुकमा फलोअर्स संख्या ह्वात्तै घटेपछि ...

न्युजलय २६ असोज २०७९, बुधबार ०१:०७ मा प्रकाशित

काठमाडौं । मंगलबारसम्म झण्डै १२ करोड फलोअर्स रहेको फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक प्रोफाइलका फलोअर्स घटेर ९ हजार ९९५ मात्र बाँकी रहे । 

लाखौं, करोडौं फलोअर्स रहेका विभिन्न व्यक्तिका प्रोफाइलका फलोअर्स घटेपछि फेसबुकमा सनसनी मच्चिएको छ । झन् यसबारेमा फेसबुकले कुनै जानकारी सार्वजनिक नगरेकोले पनि प्रयोगकर्ताहरु आत्तिएका हुन् । अहिले करोडौं फलोअर्स भएका जुकरबर्गकै फलोअर्स घट्नुको कारण बग भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बग भनेको कम्प्युटर प्रोग्राम वा सिस्टममा भएको समस्या वा खराबी हो।