अब ट्विटरमा शुल्क लाग्ने

न्युजलय १८ चैत २०७८, शुक्रबार ०८:३१ मा प्रकाशित

काठमाडौं । ट्विटरको ट्विटडेक अब निःशुल्क नहुने भएको छ । ट्विटडेकको नयाँ भर्जन ट्विट ब्लु सर्भिसको हिस्सा हुनेछ । 


रिभर्स इन्जिनियरिङ एक्सपर्ट जेन मनचुव वोंगले ट्विटरले ट्विटडेकलाई शुल्कमा आधारित (पेमेन्ट बेस्ड सर्भिस) सेवाका रुपमा लन्च गर्न लागेको दाबी गरेका छन् । यसलाई ट्विटर ब्लु सर्भिसमा समावेश गरिनेछ । 


नयाँ अपडेटपश्चात प्रयोगकर्ताहरुलाई एडभान्स सर्चको अप्सन पनि प्रदान गरिनेछ । नयाँ अपडेटमा फोटोज, भिडियो, जिफ र इमोजीका बारेमा समेत कयौँ बदलावहरु देखिनेछ । गत वर्षको जुलाइमा ट्विटरले ट्विटडेकको डिजाइनमा ठूलो परिवर्तन गरेको थियो । 


ट्विटडेक ट्विटरको एउटा वैकल्पिक प्लेटफर्म हो । जसका माध्यमबाट एकैपटक धेरै अकाउन्ट एक्सेस गर्न र थुप्रै अकाउन्टहरुको फिड एकैसाथ देख्न सकिन्छ ।