काठमाडौं । नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन भित्रिएको छ । कम्पनीले मंगलबारदेखि ‘वाई’ सिरिजअन्तर्गत ‘भिभो वाई१५सी’ नेपाली बजारमा उपलब्ध गराएको हो ।
सिमलेस अनुभवका लागि यो स्मार्टफोनमा .।५१ इन्चको हेलो फुलभ्यु डिस्प्लेसहित ‘आई प्रोटेक्सन’ समावेश गरिएको छ ।
फोनमा १३ मेगापिक्सेलको एआई डुअल क्यामेरा र २ मेगापिक्सेलको सुपर क्याक्रो क्यामेरा छ, जसबाट उच्चस्तरीय फोटोग्राफीको अनुभव लिन सकिने कम्पनीको भनाइ छ । त्यस्तै सेल्फीका लागि यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री वाई१५सी मा ५००० एमएएच ब्याट्री छ, जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ ।
यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न सकिने कम्पनीको दाबी छ ।
फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित फोन ३ जीबी र्याम र ३२ जीबी रोममा उपलब्ध छ, जसको मूल्य १७ हजार ९९९ मा खरिद गर्न सकिन्छ ।