लकडाउन अनि बैंकको भीड

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:२२ मा प्रकाशित

प्राय मानिसहरुले आफ्नो पैसा जम्मा गर्ने बैंक, बृद्ध भत्ता दिने बैंक, पेन्सन दिने बैंक, कैयौं कार्यलयले पनि यहि बैंक मार्फत तलब दिने भएकाले होला सायद सधै भिड अनि मानिसहरुको चाप देखिरहेको हुन्छौं ।

अनि यति आवश्यक बैंक हप्ताको सोमबार र बिहीबार गरी जम्मा दुई दिन खुल्छ । १ बजे सम्म ।
मानिसहरु रोगले मर्न तयार छन् तर भोकले मर्नु हुन्न सायद त्यसैले सबैलाइ खान चाहिने सामान किन्नु छ अनि त्यस्को लागि पैसा चाहिएको छ अनि पैसा झिक्न आउछन् ।

सरकारले २५ जना मात्र भेला हुनु भनेको छ त्यो लागू भएको छ तर बैंकको भित्र मात्र बाहिर लाइन बस्नेको भिड ठेलमठेल मैले आफैले भने धेरै जनालार्इ त्यसरी नबसौ भनेर तर त्यहाँ बोल्नु भनेको एउटा जङ्गलमा (जहाँ कोइ छैनन्) चिच्याउनु बराबर भयो ।

प्रहरी दाइहरु देखे धेरै जना मैले अनुरोध पनि गरे हजुरहरुले भनिदिनुस् न मान्नु हुन्छ कि भने तर वहाँहरु सिधै जाने पैसा झिक्ने निस्किने जाने वहाँहरुलाई छुट छ लाइन बस्नु पर्दैन र बस्नु नपरोस् पनि किनकी बाहिर धेरै काम हुन्छ वहाँहरुको तर सानो एउटा लाइन लगाउन मदत गरिदिनु भएको भए केइ जाने थिएन ।

अनि भित्र छिर्नलाई जस्को शक्ति उसको भक्ती जो सक्यो ठेलेर पस्यो जो सकेन बाहिरको बाहिर नै सबैलाइ हतार हुन्छ यहाँ कोइ पनि धेरै उभिन सक्ने छैनन् । अरुले हाछिउ गरेको सुन्दा मास्क खोलेर बोलेको देख्दा डर आफुलाइ लाग्छ । थोरै सतर्क आफै बने आफू सुरक्षित हुने हो तर हामी अझै हेल्चेक्राइ गरिरहेका छौ ।
सायद कोरोना लाई अझै पनि हामी सामन्य रुघाखोकीको रुपमा सोचिरहेका छौ कि !!